आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीजी ब्राण्डको गर्मी मौसमका नयाँ प्रोडक्टहरु बजारमा

सीजी ब्राण्डको गर्मी मौसमका नयाँ प्रोडक्टहरु बजारमा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २५ २०७९

  • 2.1K
    SHARES

  • सीजी ब्राण्डको गर्मी मौसमका नयाँ प्रोडक्टहरु बजारमा

    काठमाडौँ- इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी. तथा सी.जी. अन्तर्गतको सी.जी. मेरिडियाले गर्मी समय लक्षित नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ।

    ग्राहकहरुलाई गर्मीको मौसमबाट जोगिन यसले सजिलो हुने कम्पनीको विश्वास छ। कम्पनीले भनेको छ, ‘आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस गर्मीको किनमेल गर्न सक्नुहुनेछ।’

    सी.जी.ले विभिन्न उत्पादनहरु जस्तै स्ट्याण्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, एक्जस्ट फ्यान, भेन्टिलेसन फ्यान तथा सिलिङ्ग फ्यान, कुलर र कुलरमा पनि डेसर्ट, टावर, रुम, पर्सनल तथा विन्डो कुलर, ए.सी. तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य थुप्रै सामाग्रीहरुमा नयाँ लाइनअपहरु थपेको छ।

    उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको छ भने उनीहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ जसका साथ ग्राहकवर्गहरुले यस मौसमलाई सहज बनाउन सक्ने जनाएको छ।

    गर्मी र तातो हावाबाट जोगिन सी.जी. का विभिन्न प्रकारका स्ट्याण्ड फ्यान, सिलिङ्ग फ्यान, वाल फ्यान तथा टेबल फ्यानको प्रयोग गर्न सकिन्छ भने वातानुकुलित बसाईका लागि विभिन्न रेन्जका सी.जी. एयर कन्डिशनरको आनन्द लिन सकिन्छ।

    यसैगरी विभिन्न रेन्जका सी.जी. कुलरहरु जस्तै पर्सनल कुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथ गर्मीको मौसममा पनि चिन्तारहित बस्न सकिन्छ ।

    गर्मीमा पनि खानेकुरा ताजा राख्न देखि चिसो पानी वा अन्य पेयको आनन्द लिन सी.जी. का विभिन्न रेन्जका रेफ्रिजरेटरहरु उपलब्ध छन् भने व्यवसायहरुका लागि विषेग गुणस्तरीय चेस्ट फ्रिजर तथा शोकेसहरु पनि उपलब्ध रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०२:३९:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend