आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीजीका विन्टरका सामानले आफ्नो घर र मन दुवै न्यानो बनाउने दाबी

सीजीका विन्टरका सामानले आफ्नो घर र मन दुवै न्यानो बनाउने दाबी

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 2.2K
    SHARES

  • सीजीका विन्टरका सामानले आफ्नो घर र मन दुवै न्यानो बनाउने दाबी

    काठमाडौँ- नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामाग्रीहरू बजारमा ल्याएको छ।

    “सीजी घरमा, न्यानो मनमा” शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पिटिसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याक्युम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरि उपलब्ध गराएको छ।

    जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरू बजारमा ल्याएको हो।

    त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पिटिसि प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेका छन्।

    अब तपाईँहरूले आफ्नो आवश्यकता अनुसार छानी छानी खरिद गर्न सकिने कम्पनीले जनाएको छ। केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ।

    त्यसैसरि तातिएको पानीलाई लामो समय सम्म तातोपन कायम राख्न भ्याक्युम फ्लास्क, थर्मसहरू आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ।

    प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन् जुन नेपालभरका सबै सीजी ब्रान्ड अधिकृत आउट लेटहरूबाट प्राप्त गर्न सकिन्। थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्ने कम्पनीले बताएको छ।

    सीजी ब्राण्ड, देशकै उत्कृष्ट एक इलेकट्रोनिक्स ब्राण्ड हो। सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जाल मार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिँदै आएको छ। गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ।

    हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ।

    नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ। सीजी मेरिडिया, इलेकट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो।

    जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो। सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्रान्डहरूसँग दाँज्न मिल्छ। यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०२:३९:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend