आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

होटल समिटको परियोजनामा सीजी सामान्य साझेदार मात्रै 

होटल समिटको परियोजनामा सीजी सामान्य साझेदार मात्रै 

  • मिडिया डबली
  • सोमवार, चैत्र २७ २०७९

  • 2.1K
    SHARES

  • होटल समिटको परियोजनामा सीजी सामान्य साझेदार मात्रै 

    काठमाडौं- होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ । समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरुमा असर परेपछि सीजीको नाम जोडिएर केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणीहरु भएको घटनाप्रति सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको हो । 

    ‘होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीको को नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ सीजी डेभलपर्सले भनेको छ, ‘होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्न चाहान्छौँ ।’

    परियोजना विकासका क्रममा उत्पन्न समस्यामा सीजी जिम्मेवार रहेको भन्दै प्रकाशित समाचार र टिप्पणीहरू सत्य नभएको सीजी डेभलपर्सले जनाएको छ । सीजी डेभलपर्सले नेपालका प्रतिष्ठित परियोजनाहरू काठमाडौं रेसिडेन्सी, एमभिआर, हरिसिद्धि र सीजी हिल्स हात्तिगौंडा निर्माण सम्पन्न गरि सम्वन्धित उपभोक्तालाई हस्तान्तरण गरिसकेको छ ।

    ‘तर,  होटल समिट प्रा.लि. को परियोजनामा सीजी प्रत्यक्ष रुपमा व्यवस्थापनमा संलग्न नरहेको अवस्थामा यस परियोजनामा हामीलाई जिम्मेवार ठहर्‍याउने गरि गरिएको टिकाटिप्पणीप्रति हामीलाई दुःख लागेको छ,’ डेभलपर्सले भनेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०२:३९:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend