काठमाडौं - नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सीजी ब्राण्डले बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।
उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।
नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने गर्दछ । यस्तो अवस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अवस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो ।
यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ । रिमोटको सुविधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।