आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसारभरका सरकारी कार्यालयका गोप्य दस्ताबेज चोरी गर्दै चीन

संसारभरका सरकारी कार्यालयका गोप्य दस्ताबेज चोरी गर्दै चीन

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 10.8K
    SHARES

  • संसारभरका सरकारी कार्यालयका गोप्य दस्ताबेज चोरी गर्दै चीन
    फाइल तस्बिर

    काठमाडौं - जासुसीमा क्षमतिमा तीव्र वृद्धि गरिरहेको चीनले पछिल्लो समय संसारभरका सरकारी कार्यालयहरुको गोप्य दस्ताबेजहरु चोरी गर्न ह्याकरहरु प्रयोग गरिरहेको खुलेको छ ।

    एउटा चिनियाँ साइबर सेक्युरिटी कम्पनीले बेलायतको विदेश कार्यालय ह्याक गर्ने क्षमता भएको दाबी गरेसँगै चीनले संसारभर आफ्नो सञ्‍जाल विस्तार गरेको खुलेको छ।

    यसअघि पनि चीनले संयुक्त राज्य अमेरिका र युरोपका विभिन्‍न देशका सरकारी कार्यालयहरुको डाटा ह्याक गरेको थियो । पछिल्लो समय बेलायतका सरकारी एजेन्सीहरू, थिंक ट्यांकहरू, व्यवसायीहरू र परोपकारी संस्थाहरूको पनि डाटा चोरी भएको आई-सुन डाटामा देखाइएको छ।

    बेलायतस्थित चिनियाँ दूतावासले यो लिक भएको कागजातको बारेमा भने कुनै जानकारी नभएको जनाएको छ। चीनले 'कानून अनुसार सबै प्रकारका साइबर आक्रमणहरूको दृढतापूर्वक विरोध र लड्ने' प्रतिबद्धता जनाए पनि ह्याक गरी मुलुकको गोप्य रणनीतिबारे जानकारी लिने अस्त्रका रुपमा ह्याकहरुलाई प्रयोग गरिरहेको छ ।

    १६ फेब्रुअरीमा ५७७ कागजातहरू र च्याट लगहरूको संग्रह चोरी गरेको विषय गिटहब - एक अनलाइन प्लेटफर्ममा लीक भएको थियो। तीन सुरक्षा अनुसन्धानकर्ताहरूले बीबीसीलाई भने कि लीक वास्तविक भएको जनाएका थिए। फाइलहरूले डाटा निकाल्न र ताइवान, पाकिस्तान, मलेसिया र सिंगापुर लगायत एसियाका धेरै ठाउँहरूमा डाटा निकाल्न र प्रणालीहरूमा पहुँच प्राप्त गर्न आई-सूनले काम गरेको पाइएको छ ।

    एउटा घटनामा, दक्षिणपश्चिम चीनको सरकारी संस्थाले भियतनामी ट्राफिक प्रहरीको वेबसाइट पहुँच गर्न करिब $१५,००० तिरेको पनि पाइएको छ। यसअघि चीनले गुआममा रहेको अमेरिकी आधार शिविर ह्याक गरेको आरोप लागेको थियो।

    चीनले अमेरिकी सरकारको इमेलसमेत ह्याक गरेको भन्दै चर्को आलोचनासमेत भएको थियो। म्यान्डियन्ट इन्टेलिजेन्सका मुख्य विश्लेषक जोन हल्टक्विस्ट भन्छन्, 'व्यावसायिक संस्था, उच्च-स्तरको खुफिया अपरेशन' को डाटा चोरीको विषय गम्भीर र संवेदनशील हो ।

    यसको चीनको असरी चरित्रलाई उदांगाो पारेको छ।' चीनको साइबर जासूसी अभियानको कार्यहरू व्यापक रूपमा रिपोर्ट गरिएका छन्। तर यो चुहावटले ती अभियानहरूमा निजी क्षेत्र संलग्न भएको पाइएको छ ।

    एट्लान्टिक काउन्सिलको ग्लोबल चाइना हबका गैरआवासीय फेलो डकोटा केरीले चिनियाँ अधिकारीहरूले गरेको अनुसन्धानको नतिजा सार्वजनिक हुने सम्भावना कम छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend