काठमाडौंँ, २ फागुन- कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए।
कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती हुन्। उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ। उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत् रहेका थिए। दुई वर्षअघि क्यानडा पुगेका उनीहरु बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।