मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

कोशीबाट सत्ता गठबन्धनमा सल्केको आगो सुदूरपश्चिम पुग्यो

कोशीबाट सत्ता गठबन्धनमा सल्केको आगो सुदूरपश्चिम पुग्यो

  • मिडिया डबली
  • आइतवार, माघ १४ २०८०

  • 2.5K
    SHARES

  • कोशीबाट सत्ता गठबन्धनमा सल्केको आगो सुदूरपश्चिम पुग्यो

    काठमाडौं - कोशी प्रदेशबाट सुरु भएको सत्ता गठबन्धनमा अविश्वास अन्य प्रदेशमा पनि फैलिने सम्भावना छ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि सत्ता गठबन्धनमा अविश्वासको आगो सल्किएको हो ।

    यद्यपि गठबन्धनका नेताहरुले अहिले नै गठबन्धन नटुट्ने दाबी गरेका छन् । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

    राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद भएको टिप्पणी गरे । ‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हो ।

    कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुन प्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महसुस गराएको छ । केरकति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ,’ उनले भने ।

    गठबन्धनभित्र आपसमा अविश्वास भएको भन्दै यसले वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउने उनले बताए । उनले भने, ‘नेतृत्व तहमा एकप्रकारको सहमति भइसकेपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु पथ्र्यो ।तर, विचलन देखियो । दीर्घकालीन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको बीजारोपण भएको छ । यसलाई समयमै समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन ।’

    माओवादी नेता रामनारायण बिडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताउँछन् । गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताए ।

    तर माओवादी नेता वर्षमान पुनले भने कांग्रेसको भूमिकाप्रति गम्भरि समीक्षा हुने र गठबन्धनबाट बाहिरिने चेतावनी दिइसकेका छन् । शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हु्न् । माओवाद् िसुदूरपश्चिम प्रदेशमा गडबड सुरुवात भइसकेको छ ।

    माओवादीका ११ सांसदमध्ये बहुमत ६ जनाले खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चुनेका छन् । धामी अहिलेको गठबन्धन तोड्नुपर्ने पक्षका मानिन्छन् ।

    तर केन्द्रले भने भट्टलाई नहटाउन निर्देशन दिएको छ । यसले कहीँ न कहीँ गठबन्धनको निरन्तरतामा आशंका उब्जेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १४ २०८०११:५९:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend