काठमाडौं - राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।
१९ पदका लागि मतदान भएको हो । निर्वाचन आयोगले बिहान ९ देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
कोशीमा दुई पालिका प्रमुखसहित तीनजना मतदानमा अनुपस्थित रहे । धरानका मेयर हर्कराज साम्पाङले मतदान गरेनन् । मधेश प्रदेशमा एक सांसदले मतदान गरेनन् ।
बागमतीमा काठमाडौंका मेयर बालेन साह र हाम्रो नेपाली पार्टीका दुई सांसदले मतदान गरेनन् । गण्डकीमा सहकारी ठगीका आरोपित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन् ।
लुम्बिनीमा दुई पालिका प्रमुखले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिममा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
मतदान सकिएसँगै सातै प्रदेशमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।