मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पञ्चा सिंहको प्रतिरक्षा गर्दै दीपेश पुनको धम्की, आत्मघाती बम बन्न नपरोस्

पञ्चा सिंहको प्रतिरक्षा गर्दै दीपेश पुनको धम्की, आत्मघाती बम बन्न नपरोस्

  • मिडिया डबली
  • सोमवार, माघ ८ २०८०

  • 2.1K
    SHARES

  • पञ्चा सिंहको प्रतिरक्षा गर्दै दीपेश पुनको धम्की, आत्मघाती बम बन्न नपरोस्

    काठमाडौं - पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा एवं अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले आत्मघाती बम बन्न नपरोस् भन्दै अदालतलाई धम्की दिएका छन् ।

    सोमबार उनले सामाजिक सञ्जालमार्फत यस्तो धम्की दिएका हुन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध जिल्ला अदालत सुर्खेतले १५ वर्षअघि भएको हत्या आरोपमा पक्राउ पुर्जी जारी गर्न आदेश दिएलगत्तै दीपेशले अदालतलाई धम्की दिएका हुन् ।

    उनले माओवादीका सुप्रिमो (प्रचण्ड) लगायतका बृद्ध नेताहरूलाई थकाइसकियो अब युवा नेताहरूलाई चेक गर्न खोजेको भन्दै प्रश्नसमेत गरेका छन् । पुनले सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको भन्दै धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

    ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाइसकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिँडेर संगसंगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलाँची नठान है नाफाको जिन्दगी हो।कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस्,’ पुनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८००३:००:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend