मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

जितजंगसहित उम्मेदवारलाई तिजाउन कस्सिए कांग्रेस बागमती सभापति बानियाँ

जितजंगसहित उम्मेदवारलाई तिजाउन कस्सिए कांग्रेस बागमती सभापति बानियाँ

  • मिडिया डबली
  • शुक्रवार, पौष २७ २०८०

  • 2.9K
    SHARES

  • जितजंगसहित उम्मेदवारलाई तिजाउन कस्सिए कांग्रेस बागमती सभापति बानियाँ

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्दबहादुर बानियाँ बागमती प्रदेशबाट राष्ट्रिय सभामा उठेका उम्मेदवार जिताउन कस्सिएर लागेका छन् ।

    उनकै प्रयासमा सत्ता गठबन्धन दलहरूले बागमती प्रदेश निर्वाचन समन्वय समिति गठन गरेका छन् । समन्वय समितिमा कांग्रेस बागमती प्रदेश सभापति बानियाँ, माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सावित्री भुसाल छन् ।

    बिहीबार भएको सत्ता गठबन्धनका तीन दलका प्रदेश सभापति र अध्यक्षहरू, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, नगरपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, गाउँपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, तीनै दलका प्रदेश पदाधिकारीहरू र गठबन्धनबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुको उपस्थितिमा समन्वय समिति गठन गरिएको हो ।

    आगामी माघ ११ गते हुने निर्वाचनमा कांग्रेसबाट केन्द्रीय सदस्य जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादीबाट कृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल उम्मेदवार छन् ।

    राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा एकीकृत रुपमा चुनावी गतिविधि गर्ने र सत्ता गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन भूमिका खेल्ने गरी निर्वाचन समन्वय समिति गठन गरेको कांग्रेस बागमती प्रदेश सभापति बानियाँले जानकारी दिए ।

    बैठकले माघ ६ गते शनिवार काठमाडौंमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू र मतदाताहरूबिच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनको भनाइ छ ।

    सभापति बानियाँका अनुसार बागमती प्रदेशसभा सदस्यहरूसँग चुनावी समन्वय गर्न माओवादी केन्द्रका संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २७ २०८०११:०२:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend