काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हाल्ने ‘गौशाला २६’ को फोटो र नाम सार्वजनिक गर्ने दिवस सापकोटालाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।
उनले गौशाला–२६ को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
पीडितको नाम र फोटो सार्वजनिक गर्नेलाई पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय फैसला गरेको थियो ।
सन्दीपलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बनसमेत गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।