आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

  • मिडिया डबली
  • मंगलवार, पौष १७ २०८०

  • 1.9K
    SHARES

  • जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

    जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । सोमबार मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।

    राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएको छ।

    सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।

    सोमवारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन् । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०६:५८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend