काठमाडौं - बिहानै ठूलो भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोकको राम्चे रहेको छ ।
भूकम्पको धक्का ६ रेक्टर स्केलको आएको समेत जनाइएको छ । लामो समयपछि यति ठूलो रेक्टर स्केलको भूकम्प आएको हो । यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित वरिपरिका धेरै जिल्लामा महसुस गरिएको छ ।
बुधबार बिहान ५ः१९ मा गएको भूकम्पको धक्काको केन्द्रबिन्दू सिन्धुपाल्चोक भए पनि काठमाडौं उपत्यकामा समेत ठूलै धक्का महसुस भएको थियो । यसले केन्द्रबिन्दू वरिपरि क्षति पारेको हुनसक्ने बताइएको छ ।
बिहानै गएको धक्काले कतिपय मानिसहरु बिस्तारामै रहेकाले आत्तिएर बिस्ताराबाटै चिच्याएका थिए । भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।