काठमाडौं- काठमाडौंमा बुधबार बिहानै भुकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएका छ।
बिहान पाँच बजेर २० मिनेट जाँदा काठमाडौं उपत्यका जोडले हल्लिने गरी भूकम्प गएको हो। भूकम्पका कारण कैयौं मानिसहरु घरबाहिर निस्केका छन्।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।