काठमाडौं – भारतको दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको हो।
भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। जसको झट्का दिल्ली(एनसीआर इलाकासम्म महसुस गरिएको थियो। क्षति भयो भएन भन्नेबारे भारतीय सञ्चारमाध्यमले केही उल्लेख गरेका छैनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।