आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चितवन–२ को सार्वजनिक सुनुवाइमा रवि लामिछानेले सहकारी ठगीबारे प्रश्न गर्न दिएनन्

चितवन–२ को सार्वजनिक सुनुवाइमा रवि लामिछानेले सहकारी ठगीबारे प्रश्न गर्न दिएनन्

  • मिडिया डबली
  • शुक्रवार, पौष १३ २०८०

  • 1.7K
    SHARES

  • चितवन–२ को सार्वजनिक सुनुवाइमा रवि लामिछानेले सहकारी ठगीबारे प्रश्न गर्न दिएनन्

    काठमाडौं - केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

    उनी ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट ३२ करोड रुपैयाँ लगेर नतिरेपछि रवि पनि मुछिएका हु्न् ।

    पाँच दिनयता उनीबारे निरन्तर मिडियामा समाचार आइरहेका छन् । यसबीचमा नारायणगढ–बुटवल सडक पैदलयात्रा गरेर चितवन–२ मा दोस्रो सार्वजनिक सुनुवाइमा सहभागी भएका रविले बिहीबार आफूलाई सहकारीमा भएका ठगीबारे पीडितलाई प्रश्न नै गर्न दिएनन् ।

    सहारा चितवन बहुउद्देश्य सहकारीका बचतकर्ता पूर्णचन्द्र कँडेलले सहकारीमा भएका बदमासीबारे प्रश्न सोधेपछि जवाफ दिएका रविले अरुलाई प्रश्न नसोध्न आग्रह गरे ।

    त्यसपछि सार्वजनिक सुनुवाइमा सहभागी भएका सबै पीडित पीडा दबाएर घर लागेका थिए ।

    रविले सहकारी ठगीमा सबै दोष सरकारको मात्र भएको आरोप लगाए । सत्तामा बसेका व्यक्तिका कारण सहकारीका सञ्चालकहरू पक्राउ नपरेको उनले बताए।

    ‘म अवगत गराउन चाहन्छु। कुनै पनि किसिमको गलत क्रियाकलाप, गलत प्रवृत्तिलाई सघाउने नियत राखेको छैन। मलाई एउटै मात्र डर छ। यो मुद्दामा राजनीतिक लडाई गरेर अन्याय परेका बचतकर्तालाई दबाउने काम त भएको छैन,’ उनले भने, ‘सहकारी ठगीमा लागेकाहरूको सम्पत्ति कति छ। बचतकर्ताको ऋण दिनु उनीहरूको दायित्व हो । सरकारले चाह्यो भने सबै बचतकर्ताको पैसा ब्याजसहित फिर्ता गर्न सक्छ।’

    सार्वजनिक सुनुवाइका क्रममा सहकारीको विषय जोडतोडले उठ्ने अनुमान गरिएको थियो। तर प्रश्न नै नसोध्न भनेपछि त्यो विषय सामसुम भएको थियो ।

    कार्यक्रमको उद्घाटनको सम्बोधनकै क्रममा लामिछानेले सहकारीको विषयलाई लिएर आफूमाथि आएका टिकाटिप्पणीको समाधान गर्न आफू नै सक्षम रहेको बताएका थिए।

    ‘सहकारीका विषयमा कही कतै मलाई नै जोडिएर आएका कुराहरूमा पनि मेरो ध्यानाकर्षण भएको छ। मेरो भनाइ तपाईं सहभागीलाई गराउन चाहन्न। म आफ्नो लडाइँ आफैं लड्न सक्षम छु जस्तो लाग्छ। जतिखेर मद्दत चाहिन्छ त्यतिखेर भनौंला र मैले यति कुरा बताउन चाहन्छु। मैले नियतवश कहीँकतै मेरो संलग्नता छैन । यदि हुँदो हो त हिनामिना पारेका सहकारीका सञ्चालकहरू जति पनि छन्, सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने आँट हुने थिएन,’ उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०६:०३:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend