आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाले भन्यो– रविमाथि खोया प्रहारको विषयमा सञ्चारमाध्यमले चरित्र हत्याको प्रयास गरे

रास्वपाले भन्यो– रविमाथि खोया प्रहारको विषयमा सञ्चारमाध्यमले चरित्र हत्याको प्रयास गरे

  • मिडिया डबली
  • आइतवार, पौष ८ २०८०

  • 1.6K
    SHARES

  • रास्वपाले भन्यो– रविमाथि खोया प्रहारको विषयमा सञ्चारमाध्यमले चरित्र हत्याको प्रयास गरे

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि पोखरामा शनिबार भएको खोया प्रहारको विषयमा सञ्चारमाध्यमले प्रतिशोध साँधेर समाचार प्रकाशित गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

    आइतबार पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै तथ्यलाई पूरै बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    उनले यो विषयलाई विभिन्न मिडियाले अतिरञ्जित गरेको दाबी पनि गरेका छन् ।

    ‘सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वाभाविक हो । यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन ।

    यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।

    सभापति लामिछानेसँग त झनै सोधिएको छैन । आधिकारिक स्रोतले केही जानकारी नदिँदा नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएका समाचारहरुप्रति खेद व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    पोखराका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिंगो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास गरेका ढकालले आरोप लगाएका छन् ।

    ‘पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर हामीविरुद्ध खनिएका छन् । कमीकमजोरीमा स्वच्छ आलोचना गर्नुपर्ने दायित्व भुलेर पार्टी वा व्यक्ति विशेषको खोइरो खन्नु सञ्चारमाध्यमको धर्म होइन । वर्तमान अव्यवस्थामा हालीमुहाली गरिरहेकाहरुलाई हाम्रो जबरजस्त उपस्थितिले इर्ष्या र त्रास मात्रै थपेको छैन, फाइदाको दीर्घकालीन सुनिश्चिततामा शंकासमेत उत्पन्न गरेको छ । त्यसैले उनीहरु हामीलाई कमजोर बनाउन नियोजित प्रहारमा केन्द्रित छन्,’ उनले भनेका छन् ।

    शनिबार पार्टीले आयोजना गरेको खुला सभामा रविमाथि लमजुङका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।

    यद्यपि खोया रविलाई लागेन । तत्काल प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०६:०३:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend