आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रविका बिजेनस पार्टनर जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन नोटिस जारी हुने

रविका बिजेनस पार्टनर जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन नोटिस जारी हुने

  • मिडिया डबली
  • बिहिवार, पौष १२ २०८०

  • 6.3K
    SHARES

  • रविका बिजेनस पार्टनर जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन नोटिस जारी हुने

    काठमाडौं - पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा फरार संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित चारजनाविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ ।

    राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा आरोपित चारैजनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्ने गरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।

    सहकारीका करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले अनुसन्धान अघि बढाएसँगै राई फरार छन् ।

    राई ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राई मिलेर टेलिभिजन खोलेका थिए । जसमा रविको १५ प्रतिशत गुडविल सेयर थियो ।

    रविको नाममा सो सहकारीबाट एक करोड कर्जा लिइएको छ । चारजनासहित १९ विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की अदालतमा मुद्दा विचाराधीन छ । तर, मुद्दाका मुख्य अभियुक्त नै भेटिएका छैनन् ।

    प्रहरी स्रोतका अनुसार आरोपितहरू मलेसिया, सिंगापुर, दुबई र हङकङ भागेको आशंका छ ।

    कास्की प्रहरीको आग्रह अनुसार प्रहरीले प्रतिवादीमध्येका चारलाई इन्टरपोलमा आबद्ध राष्ट्रका प्रहरीको सूचीमा फरार राखेर डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०६:०३:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend