काठमाडौं - बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसका शेखर–गगन समूहको भेला जारी छ ।
भेलामा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, महिला मन्त्री सुरेन्द्रराज आचार्य, सांसद सुनिल शर्मा, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसीलगायत नेता सहभागी छन् ।
कोइरालाले कसैसँग सल्लाह नै नगरी मंगलबारका लागि भेला बोलाएका थिए ।
तर महामन्त्री थापाले आफूलाई जानकारी नै नदिई बोलाएको भेलामा उपस्थित हुन नसक्ने भनेपछि आजका लागि सारिएको हो ।
थापाको मंगलबार मधेस प्रदेशमा पार्टीको पूर्वनिर्धारित कार्यक्रम तय थियो ।
महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनका विषयमा भेलामा छलफल हुने नेता मधु आचार्यले जानकारी दिएका छन् ।
भेलामा महासमिति बैठक पूर्वनिर्धारित मिति पुस १६ मै गर्नुपर्नेमा सहभागी नेताहरूको जोड थियो ।
यस्तै, आसन्न राष्ट्रिय सभा निर्वाचनमा पहिले चुनाव हारेका, पटकपटक अवसर पाएका र बुढा नेतालाई नभई युवालाई मौका दिनुपर्ने केन्द्रीय सदस्यहरूले विचार राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।