काठमाडौं - धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राई यतिबेला काठमाडौंमा छन् ।
तीन दिनअघि उनी काठमाडौं आएका हुन् । धरानका विकास र विभिन्न समस्याबारे संघीय सरकारलाई ध्यानाकर्षण गराउन उनी काठमाडौं आएका हुन् ।
यसबीचमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, वनमन्त्री वीरेन्द्र महतो, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलगायतसँग भेटेर धरानका समस्याबारे ध्यानाकर्षण गराइसकेका छन् ।
मंगलबार उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ ।
भेटमा मेयर साम्पाङले धरान उत्सवको उद्घाटन समारोहमा प्रमुख आतिथ्यका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पत्रसहित अनुरोध गरेका थिए ।
उनले प्रधानमन्त्री र मन्त्रीलाई भेटेर आफूले थुप्रै विकाससम्बन्धी चाङ बुझाएको जानकारी दिएका छन् ।
हर्कले मंगलबार नै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनलाई उनकै कार्यालयमा गएर भेटघाट गरेका थिए ।
बालेनसँग यो उनको दोस्रो भेट हो । बालेनलाई भेटेर कुराकानी गर्न पाउँदा हर्क दंग देखिन्थे ।
बालेनलाई भेटेर उनले भादगाउँले टोपी लगाइदिएका थिए । बालेनले भने बुद्धको मूर्ति उपहार दिएका थिए ।
बालेनसँगको भेटपछि उत्साही देखिएकाले आफू काठमाडौंका मेयर बालेनभन्दा पनि कडा भएको प्रतिक्रिया दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।