काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन् ।
सशस्त्र द्वन्दको समयमा २०५८ साल पुस २९ गते तत्कालिन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगरी दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश क सभापति शुक्रराज तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई क्रमस प्रथम पुरुस्कार नगद रु २ लाख, द्वतीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद् ३० हजार सहित शिल्ड मेडल र पमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको अवधिमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।