काठमाडौं - काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा बीच बाटोमै हराएको छ ।
उड्ने बेला सिसा थियो ल्यान्ड भएपछि थिएन । तर पाइलटले जहाज सकुशल अवतरण गरेका छन् ।
आइतबार बिहान ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको ताराको कार्गो विमानको आपतकालीन ढोकाको सिसा झरेको हो ।
तर कहाँ खस्यो भन्ने कसैले पनि चाल पाएनन् । कार्गो जहाजको आपतकालीन ढोकासो सिसा उडानको क्रममै खसेको पाइएको छ ।
जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन भने रनवेमा पनि सिसा नदेखिएको कम्पनीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।