बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा टिकटक दर्ता हुने नहुने अदालतको हातमा

नेपालमा टिकटक दर्ता हुने नहुने अदालतको हातमा

  • मिडिया डबली
  • बुधवार, मंसिर २० २०८०

  • 2.0K
    SHARES

  • नेपालमा टिकटक दर्ता हुने नहुने अदालतको हातमा

    काठमाडौं - टिकटक कम्पनीले नेपालमा दर्ताको हुने आशयका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाएको छ ।

    सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।

    सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ईमेलमा दर्ताको सम्बन्धमा दुई तीनवटा बुँदामा प्रश्न उठाएको र उनीहरूको आशय नेपालमा दर्ता हुने चाहेको देखिएको बताएका छन् ।

    टिकटकले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका आउनु राम्रो पक्ष भनेर प्रशंसा पनि गरेको छ ।

    तर टिकटकबारे अदालतमा मुद्दा विचाराध्रीन भएकाले सरकारले तत्काल पत्रको जवाफ नफर्काउने भएको छ ।

    सरकारले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

    उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका छन् । सबै रिटउपर मंगलबार पूर्ण सुनुवाइको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    यदि अदालतले टिकटकमाथिको प्रतिबन्ध हटाएमा नेपालले टिकटक दर्ता गर्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनका लागि टिकटक बन्द भएको जनाउँदै धेरै लामो समय नजाने स्पष्ट पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २० २०८००४:५८:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend