सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विप्लव नेकपाले आफ्ना नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला जलाउने

विप्लव नेकपाले आफ्ना नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला जलाउने

  • मिडिया डबली
  • मंगलवार, मंसिर १९ २०८०

  • 2.0K
    SHARES

  • विप्लव नेकपाले आफ्ना नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला जलाउने

    काठमाडौँ - पार्टी महासचिवसहित शीर्ष नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले न्यायाधीशकै पुत्ला जलाउने भएको छ ।

    जिल्ला अदालत काठमाडौँले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाले मंगलबारदेखि नै संघर्षका कार्यक्रम घोषणा गरेको छ। काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लव नेकपाको ठहर छ।

    ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सीलगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ फागुन २१ गते सम्पन्न तीनबुँदे सहमतिको ठाडो उल्लंघन मात्र हैन, देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको तीन बुँदे सहमतिमध्ये एउटा पार्टी नेताका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको पनि उनले बताएका छन्। ‘राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नुपर्ने मुख्य अंग अदालतले नै गैरकानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ,’ उनले भनेका छन्।

    biplab.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०९:२३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend