काठमाडौं- चर्चीत अभिनेत्री रेखा थापाले प्रतिबन्धित् नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सत्तामा पुगेको हेर्नचाहने सपनाको संकेत गरेकी छन् ।
एक टेलिभिजन अन्तर्वातका क्रममा बोल्दै अभिनेत्रि एवं नायिका थापाले सत्तामा नेता विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी हुन् ।
प्रचण्ड सत्तामा पुगेर आफ्नो क्षमता देखाइसकेको भन्दै उनले विप्लव पनि सत्तामा पुगेर काम गरेपछि मात्रै राम्रो नराम्रो भन्न सकिने भएकाले उनको सत्तरोहण हेर्ने इच्छा रहेको बताइन् ।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विप्लवमध्ये एक जना छान्नुपरे विप्लवलाई छान्ने समेत बताएकी छन् ।
माओवादीबाट राप्रपामा प्रवेश गरेकी अभिनेत्री विप्लवको पार्टीमा आवद्ध भएको चर्चा केही समय अघि चलेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।