आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा नयाँ भाइरसको महामारी फैलिन थालेपछि नेपालमा सतर्कता 

चीनमा नयाँ भाइरसको महामारी फैलिन थालेपछि नेपालमा सतर्कता 

  • मिडिया डबली
  • मंगलवार, मंसिर १९ २०८०

  • 2.8K
    SHARES

  • चीनमा नयाँ भाइरसको महामारी फैलिन थालेपछि नेपालमा सतर्कता 

    काठमाडौँ- कोरोना भाइरस महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन नसकिरहेका बेला चीनमा फेरि अर्को महामारी फैलिएको संकेत देखिएको छ। चीनका कैयौं अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

    चीनमा नयाँ महामारी फैलिन थालेसँगै नेपालमा सतर्कता अपनाउन थालिएको छ। नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ। यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ। 

    यो महामारी निमोनियासँग मिल्दोजुल्दो छ। तर यसका कैयौं लक्षण निमोनियाभन्दा अलग छन्। यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ। उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ।

    रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उतरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत छन्। रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ।

    यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको छ। कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो। यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ। बच्चाहरूबाट रोग वयस्कमा सरेको भने नभेटिएको प्रोमेड अलर्टले बताएको छ।

    रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ। यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो। उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यसअघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन।

    रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ। डब्यूएचओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend