काठमाडौं - एक चिनियाँ नागरिकका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयंकर दुर्घटना हुनबाट जोगिएको छ ।
आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो । एयर चाइनाको जहाजबाट चीन जान बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको ती यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए ।
ती चिनियाँ नागरिक ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए ।
उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको र विमानस्थलका कर्मचारीहरुले तत्काल निभाएको झाले बताए ।
पावरब्यांक पड्किएपछि एकछिन माहोल त्रासमय बनेको थियो । मान्छेहरुको भागाभाग चलेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।