बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

उच्च अदालतले जिल्लाको आदेश सदर नगरे आज बालकृष्ण, टोपबहादुरलगायत छुट्ने

उच्च अदालतले जिल्लाको आदेश सदर नगरे आज बालकृष्ण, टोपबहादुरलगायत छुट्ने

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १५ २०८०

  • 2.2K
    SHARES

  • उच्च अदालतले जिल्लाको आदेश सदर नगरे आज बालकृष्ण, टोपबहादुरलगायत छुट्ने

    काठमाडौं - उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणमा फैसला सुनाउने भएको छ ।

    एक सातादेखि न्यायाधीशद्वय प्रकाश खरेल तथा जनक पाण्डेको इजलासमा भइरहेको मुद्दाको सुनुवाइ बिहीवार सकिएकाले आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दायर भएको थियो ।

    जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको तर्फबाट बिहीवार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो ।

    बुधवार सरकारी पक्षबाट सरकारी वकिलहरूले वहस पुरा गरेका थिए ।

    अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने अथवा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउने छ ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौँ रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व–उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणँ, तत्कालीन सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरु प्रतिवादी छन् ।

    काठमाडौं जिल्ला अदालतले एमाले नेता रायमाझी र कांग्रेस नेता खाँणसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १५ २०८०१०:०७:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend