बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

डडेल्धुरा पुगेर ओलीले फोन गरेपछि देउवालाई भने– स्वागत छ

डडेल्धुरा पुगेर ओलीले फोन गरेपछि देउवालाई भने– स्वागत छ

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १५ २०८०

  • 1.8K
    SHARES

  • डडेल्धुरा पुगेर ओलीले फोन गरेपछि देउवालाई भने– स्वागत छ

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली यतिबेला डडेल्धुरा पुगेका छन् ।

    बैतडीको झुलाघाटमा संकल्प यात्रा उद्‌घाटनसँगै उनी डडेल्धुरा पुगेका छन् ।

    झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग संकल्प यात्राका क्रममा सुदूरपश्चिममा रहेका ओली डडेल्धुरा पुगेपछि कांग्रेस सभापति देउवालाई फोन गरेका छन् ।

    शुक्रबार बिहान उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेको भिडियो फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

    संवादका क्रममा देउवाले डडेल्धुरामा स्वागत छ भनेका छन् ।

    ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला ।यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी,’ ओलीले लेखेका छन्, ‘सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ। त्यसैले यसलाई पोस्ट गरेको छु ।’

    ओलीले देउवालाई गरेको फोनलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ ।

    ओलीको कदमको धेरैले प्रशंसा गरेका छन् । यसलाई नेपाली संस्कारको रुपमा धेरैले सकारात्मक टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १५ २०८००९:५३:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend