बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड ‘महाराज’ ठाँटमा एयरपोर्ट पुग्दा दुबई जान लागेका ३१ यात्रुको बिचल्ली

प्रचण्ड ‘महाराज’ ठाँटमा एयरपोर्ट पुग्दा दुबई जान लागेका ३१ यात्रुको बिचल्ली

  • मिडिया डबली
  • बिहिवार, मंसिर १४ २०८०

  • 2.1K
    SHARES

  • प्रचण्ड ‘महाराज’ ठाँटमा एयरपोर्ट पुग्दा दुबई जान लागेका ३१ यात्रुको बिचल्ली

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजा महाराजा ठाँटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा ३१ यात्रुको बिचल्ली भएको छ ।

    जलवायु सम्मेलन सहभागी हुन जाने क्रममा बुधबार राति एयरपोर्ट पुगेका प्रचण्डकै कारण ३१ यात्रुले दुःखकष्ट पाएका छन् ।

    आरए २२९ नम्बरको उडानलाई प्रधानमन्त्री प्रचण्डसहित ३० जनाको टोली जाने भिआईपी फ्लाइट बनाइएका कारण त्यता जान लागेकामध्ये ३१ जनालाई काठमाडौंमा छाडिएको छ ।

    नियमित उडानभन्दा दुई घण्टा अगाडि नै विमान उडाइएको उनीहरुको आरोप छ ।

    विमानस्थ्लस्थित निगमको काउन्टरमा विवाद बढेपछि ती यात्रुलाई बिहीबार दिउँसो २ बजेको उडानमा दुबई लैजाने तयारी गरिएको बताइन्छ ।

    बुधबार राति उनीहरुलाई ज्ञानेश्वरस्थित काबेरी होटलमा लगेर राखिएको थियो। प्रचण्ड राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा त्यता गएका हुन् ।

    प्रधानमन्त्रीसँगै उहाँकी पुत्री तथा निजी सचिव गंगा दाहाल, वनमन्त्री वीरेन्द्रप्रसाद महतो, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, निजी सचिव रमेशकुमार मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत १८ जना सरकारी अधिकारीहरु टोलीमा छन्

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर १४ २०८०१२:३१:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend