काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रुपन्देहीका उद्योगीव्यवसायीले एयरपोर्टमै ज्ञापनपत्र बुझाएका छन् ।
उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगीव्यवसायीले मंगलबार पूर्वप्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
२०७९ जेठ २ मा प्रधानमन्त्री रहेका देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।
रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार आएका उनलाई एयरपोर्टबाट निस्किँदै गर्दा व्यवसायीले आफ्ना माग राख्न घेरेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नेतृत्वमा व्यवसायीहरूले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न समन्यवयात्मक भूमिका निर्वाह गरिदिन देउवासँग सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था प्रभावित भएको देउवालाई जानकारी गराए ।
राष्ट्रिय ध्वजाबाहकको उडान सुरू नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्स आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडाइनुपर्ने नेवानीले पनि भैरहवा–मलेसिया मात्र नभई दिल्ली, कतारमा उडान सुरू गर्नुपर्ने, विश्वका सबै बुद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघको माग छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।
देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्णसञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।