बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

देउवाको अभिव्यक्तिले राजावादीमा खुसियाली

देउवाको अभिव्यक्तिले राजावादीमा खुसियाली

  • मिडिया डबली
  • मंगलवार, मंसिर १२ २०८०

  • 3.7K
    SHARES

  • देउवाको अभिव्यक्तिले राजावादीमा खुसियाली

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका विषयमा दिएको अभिव्यक्तिले नयाँ तरंग सिर्जना भएको छ ।

    सडकमा राजतन्त्रको नारा लागिरहँदा कांग्रेस सभापति मौन थिए ।

    तर सोमबार भरतपुर र नवलपुरमा देउवाले दिएको अभिव्यक्तिपछि राजावादी हौसिएका छन् ।

    हुन त देउवाले राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताएका छन् ।

    तर उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिने बताएपछि हिन्दु राष्ट्रका अभियानमा लागेका फुरुंग बनेका छन् ।

    ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधिबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु ।

    हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनै पनि गतिविधि हामीलाई मान्य छैन ।’

    देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको पनि बताए ।

    कांग्रेसमा हिन्दु राष्ट्रको अभियान धेरैअघिदेखि चल्दै आएको छ । दिवंगत नेता खुमबहादुर खड्काले यो अभियान अघि बढाएका थिए ।

    अहिले पनि डा.शशांक कोइराला, शंकर भण्डारी, लक्ष्मण घिमिरेलगायतका नेता हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा लागेका छन् ।

    राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई समूह हिन्दु राष्ट्रको अभियानमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर १२ २०८००१:००:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend