काठमाडौं - एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा तोडफोड गरिएको छ ।
ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको तोक्मे डाडामा पहिचान पक्षधरले आक्रमण गरेर गाडीको सिसा फुटाएका छन् ।
सात आठजनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताए।
आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो ।
आइतबार दिउँसो भट्टराईको निवास अगाडि पहिचान पक्षधरले कालोझन्डा देखाएका थिए ।
युवा संघ र पहिचान पक्षधरहरुबीच हानाहानको अवस्था सिर्जना भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।