बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एमाले सचिव योगेश भट्टराईको निवासमा झन्डै हानाहान

एमाले सचिव योगेश भट्टराईको निवासमा झन्डै हानाहान

  • मिडिया डबली
  • आइतवार, मंसिर १० २०८०

  • 5.6K
    SHARES

  • एमाले सचिव योगेश भट्टराईको निवासमा झन्डै हानाहान

    काठमाडौं - पहिचानवादी समूहका नेता–कार्यकर्ताले एमाले सचिव योगेश भट्टराईलाई उनकै निवास अगाडि कालो झन्डा देखाएका छन्।

    एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका उनलाई उनकै निवासअगाडि आइतबार कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका छन्।

    प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो।

    भट्टराईसहित एमालेका सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन्।

    पहिचान पक्षधरले एमाले कार्यालयअगाडि पनि प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १० २०८००५:५५:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend