बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा.गोविन्द केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा.गोविन्द केसीको माग

  • मिडिया डबली
  • आइतवार, मंसिर १० २०८०

  • 1.5K
    SHARES

  • स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा.गोविन्द केसीको माग

    काठमाडौं - डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्।

    मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा ध्यानाकर्षण भएको भन्दै उनले आइतबार विज्ञप्ति जारी गर्ने उनको बर्खास्तीको माग गरेका हुन्।

    बस्नेतले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै केसीले उनलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख गरेका छन् ।

    ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु,’ उनले भनेका छन् ।

    बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दुवै नभएको बताउँदै केसीले जान्ने प्रयाससमेत नगरेको बताएका छन्।

    ‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,’ उनको आरोप छ।

    उनले आफूमाथि लाञ्छना लगाउनुभन्दा छानबिन आयोग गठन गर्न चुनौती दिँदै आफू जुनसुकै सजाय भोग्न तयार रहेको चुनौती पनि दिएका छन् ।

    बस्नेतले शनिबार एक कार्यक्रममा केसीलाई मेडिकल माफियासँग मिलेको, उनकै कारण नेपालमा चिकित्सक र नर्सको अभाव भएको आरोप लगाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १० २०८००५:४२:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend