बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ जहाज र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई जोगी बनाउँदै

चिनियाँ जहाज र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई जोगी बनाउँदै

  • मिडिया डबली
  • आइतवार, मंसिर १० २०८०

  • 864
    SHARES

  • चिनियाँ जहाज र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई जोगी बनाउँदै

    काठमाडौं /नेपाल वायुसेवा निगमका लागि चिनियाँ जहाज अभिसाप बनेका छन् ।

    साढे तीन वर्षदेखि नउडाई पार्किङ गरेर राखिएका चिनियाँ जहाजहरू आर्थिक रूपले बोझिलो बनेका हुन् ।

    जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएको भन्दै ग्राउन्डेड गरिएका जहाजहरूमै निगमको वार्षिक ४८ करोड नौ लाख रुपैयाँ खर्च हुने गरेको एक अध्ययनले देखाएको छ ।

    निगमले जहाज पार्किङ गरेर राख्दा पनि वार्षिक झन्डै ४८ करोड अनावश्यक खर्च व्यहोर्नुपरिरहेको छ । इन्स्योरेन्स प्रिमियम, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र ब्याजसमेत जोड्दा पाइलटको पारिश्रमिक तथा तालिम खर्चबाहेक ग्राउन्डेड एमए–६० का लागि वार्षिक २८ करोड ३१ लाख र वाई–१२ई जहाजका लागि १९ करोड ७८ लाख रुपैयाँ खर्च हुने गरेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित ‘निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन–२०८०’ मा उल्लेख छ । जहाज ग्राउन्डेड गरिए पनि इन्स्योरेन्स प्रिमियम, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र कर्जाको ब्याजसमेत निगमले व्यहोर्नुपरिरहेको छ ।

    निगमले आन्तरिकतर्फ स्टल र ट्रंक रुटमा उडान गर्न भनेर चीनबाट अनुदान तथा सहुलियत कर्जामा दुईवटा ५६ सिटे एमए–६० र चारवटा १८ सिटे वाई–१२ई गरी ६ वटा जहाज किनेर ल्याएको थियो । जसमध्ये एउटा एमए–६० र एउटा वाई–१२ई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो ।

    चारवटा जहाज चिनियाँ बैंककै पौने चार अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा किनेर ल्याइएको हो । चिनियाँ जहाजहरू उडाउँदा वार्षिक सञ्चालन घाटा नै ५० करोड रुपैयाँसम्म हुन थालेपछि निगमले उड्दा–उड्दैका पाँचवटै जहाज १६ साउन ०७७ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखेको छ ।

    चिनियाँ जहाज उडाउँदा ०७१ देखि ०७७ साउनसम्म साढे दुई अर्बभन्दा बढी सञ्चालन नोक्सानी भएको छ ।

    यी जहाजले अत्यधिक इन्धन खपत गर्नुका साथै यात्रु क्षमता पनि कम भएको, चिनियाँ पक्षबाट पार्टपुर्जा उपलब्ध गराउन ढिलाइ गरेको, स्पेयर पार्टस् पनि अत्यधिक महँगो, पाइलट–इन्जिनियरको महँगो तालिम, चर्को इन्स्योरेन्सलगायतका कारण अत्यधिक घाटा व्यहोर्नुपरेको निगमको दाबी छ ।

    चीनकै महँगो ब्याज ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको छैन ।

    नेपाललाई महँगो ब्याजमा ऋण दिने र ठेकेदार पनि आफ्नै पठाएर चीनले विमानस्थल निर्माण गरेको थियो । कमिसन खानकै लागि एमाले नेतृत्वको तत्कालीन सरकारले विमानस्थल बनाएको थियो ।

    तर विमानस्थल फोटो खिचाउनका लागि मात्र सावित भएको छ । विमानस्थल निर्माणका कारण नेपालले तीन अर्बभन्दा बढी घाटा बेहोर्नुपरेको छ ।

    नेपाललाई चिनियाँ विमान र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जोगी बनाउने अर्थशास्त्रीहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १० २०८००१:४१:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend