बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीको गृहजिल्ला झापामा पूर्वराजाको परेड

ओलीको गृहजिल्ला झापामा पूर्वराजाको परेड

  • मिडिया डबली
  • आइतवार, मंसिर १० २०८०

  • 1.2K
    SHARES

  • ओलीको गृहजिल्ला झापामा पूर्वराजाको परेड

    काठमाडौं -एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको जयजयकार भएको छ ।

    झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पुगेका उनलाई शनिबार हजारौं मानिसले स्वागत गरेका थिए ।

    उनको सवारीमा सयौं मोटरसाइकल र झापावासी सहभागी भएका थिए । पूर्वराजा शाहको कार्यक्रमलाई जनसहभागिता जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै थिए।

    शाहलाई मेचीनगरमा रहेको मेची क्राउन प्लाजाबाट बिर्तामोड–१ पञ्चकन्यामा रहेको इकम कलेजको कार्यक्रमस्थलसम्म पुर्‍याउने उनको योजना थियो।

    मानिसको भीड छिचोल्दै पूर्वराजा शाहलाई कार्यक्रमस्थलसम्म आइपुग्न झण्डै दुई घण्टा समय लागेको थियो। पूर्वराजा शाहले कलेजमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरे।

    पूर्वराजा शाह बसेको होटल मेची क्राउन प्लाजाबाट उनलाई हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो।

    बिर्तामोडस्थित कार्यक्रमस्थलमा उनी आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए। पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन्।

    काठमाडौंमा दुर्गा प्रसाईले ओलीलाई झापा छिर्न मुस्किल हुने बताउनु र झापामा पूर्वराजाको समर्थनमा भिड ओर्लनुले आगामी निर्वाचनमा ओलीलाई जित्न निकै कठिन हुने देखिएको छ ।

    पछिल्लो समय राजावादीको समर्थन बढ्दै जाँदा पनि ओलीले भने राजतन्त्र फर्किने कुरा असम्भव जस्तै भएको बताएका छन् । केही दिनयता ओलीले झापा जाँदा पूर्वराजाको जति भिड जुटाउन नसक्ने बताउन थालिएको छ ।

    हिजो कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको राजनीति सिध्याउन राप्रपा अध्यक्ष लिङ्देनलाई भोट हाल्न लगाएका ओलीलाई अब लिङ्देनले नै झापा छिर्न नदिने संकेत देखिँदै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १० २०८०११:२०:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend