बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गगन थापाको एक भाषणले राजावादी काक्राक कुक्रुक

गगन थापाको एक भाषणले राजावादी काक्राक कुक्रुक

  • मिडिया डबली
  • आइतवार, मंसिर १० २०८०

  • 15.3K
    SHARES

  • गगन थापाको एक भाषणले राजावादी काक्राक कुक्रुक

    काठमाडौं - विवादास्पद व्यवसायी दुर्गा प्रसाईको नागरिक बचाउ अभियानमा मान्छेको भीड बढेको देखेर धेरैले अब गणतन्त्र सकियो, राजतन्त्र पुनःस्थापना हुने हो कि भन्ने चर्चा र टिप्पणी गर्न लागेका छन् ।

    शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा स्वागत गर्न हजारौं मानिस उर्लेपछि राजावादी धेरै नै उत्साहित देखिएका छन् ।

    तर यही बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुल्मीमा गरेको एक भाषणले राजावादीको निदहराम भएको छ ।

    गगनको गर्जनले निर्मल निवासमा मात्र होइन, देशभरि होसहवास उडेको छ । केही दिनयता महामन्त्री थापा पश्चिम नेपालका जिल्ला भ्रमणमा छन् ।

    विभिन्न जिल्ला पुगेर उनले स्थानीयवासी, पार्टी कार्यकर्ता र शुभेच्छुकसँग भलाकुसारी गर्ने, उनीहरूको समस्या र गुनासा बुझ्दै आएका छन् ।

    अर्घाखाँची, गुल्मी, नवलपरासी पुगेका थापाका भाषण सुन्न हजारौं मानिस आइपुगेका थिए ।

    गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौती दिएपछि अहिले राजावादी भन्नेहरु क्रुद्ध भएर खाँबो चिथर्ने अवस्थामा पुगेका छन् ।

    महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिए ।

    ‘नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यही राजा होइन ? राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहन्छु, महराज च्याँखे दाउमा होइन, सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाइ ल्याऊ संविधान परिवर्तन गर,’ उनले भने ।

    महामन्त्री थापाले राजाले धर्म जोगाउँछन् भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे ।

    मौका पर्दा मन्दिरका मूर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको बताए । उनको भाषणले अहिले राजावादी रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, कमल थापालगायत मुर्छित भएका छन् ।

    जनाधार र दम भएको नेताले एकै चोटिमा ठेगान लगाउन सक्ने रहेछने भन्दै अहिले थापाको प्रशंसा भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १० २०८०१०:४२:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend