बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दुर्गा प्रसाईलाई तीनकुनेबाट पनि सरकारले लखेट्यो

दुर्गा प्रसाईलाई तीनकुनेबाट पनि सरकारले लखेट्यो

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ८ २०८०

  • 2.3K
    SHARES

  • दुर्गा प्रसाईलाई तीनकुनेबाट पनि सरकारले लखेट्यो

    काठमाडौं - विवादास्पद निजी मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिएको सरकारले तीनकुनेबाट पनि लखेट्ने भएको छ ।

    माइतीघर मण्डलाबाट बल्खु पुगेको प्रसाई समूहले शुक्रबारदेखि तीनकुनेमा आन्दोलनका कार्यक्रम गर्ने बताएको थियो ।

    तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ ।

    काठमाडौं प्रशासनले विज्ञप्त जारी गर्दै कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा बिहीवार जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ।

    नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    IMG_2507.jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ८ २०८०१०:५६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend