बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दुर्गा प्रसाईको जनविद्रोह, युवा संघको भन्दा धेरै जनसहभागिता

दुर्गा प्रसाईको जनविद्रोह, युवा संघको भन्दा धेरै जनसहभागिता

  • मिडिया डबली
  • बिहिवार, मंसिर ७ २०८०

  • 2.6K
    SHARES

  • दुर्गा प्रसाईको जनविद्रोह, युवा संघको भन्दा धेरै जनसहभागिता


    काठमाडौं । विवादास्पद निजी मेडिकल व्यवसायी दुर्गा प्रसाईको आह्वानमा काठमाडौंको बल्खुमा हजारौंको जनसभागिता देखिएको छ । नेपालका सुरक्षा निकायले अनुमान गरेको भन्दा बढी जनसहभागिता देखिएको हो ।

    यसले प्रसाईको तागत अझ बढेको देखिएको छ ।
    नेपालको अहिलेको व्यवस्था नै उल्टाउँछु भनेर लागिपरेका प्रसाईले एमाले निकट युवा संघको भन्दा बढी नै जनसमर्थन बटुलेका छन् ।

    अब उनको प्रभावलाई कम आँक्ने हो भने जनविद्रोह हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । प्रसाईले बल्खुमा आयोजित आमसभामा अब आफूहरू २०४७ सालकै संविधानमा फर्किने भनेर घोषणा गर्नुले राजावादीको पनि समर्थन बटुल्ने देखिएको छ । यसले कालान्तरमा राप्रपा र रास्वपाको अस्तित्वलाई चुनौती दिने अनुमान गरिएको छ । यसैबीच, दुर्गा

    प्रसाईं समूहको विरोध जुलुस बल्खुचोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ ।

    प्रसाईंले जुलुस अब सहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ छिर्न खोजेको थियो ।

    त्यसपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ७ २०८००२:३८:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend