बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भृकुटीमण्डपको पुस्तक प्रदर्शनी चिनियाँ कब्जामा, अन्य देशका पुस्तक गायब

भृकुटीमण्डपको पुस्तक प्रदर्शनी चिनियाँ कब्जामा, अन्य देशका पुस्तक गायब

  • मिडिया डबली
  • बिहिवार, मंसिर ७ २०८०

  • 1.8K
    SHARES

  • भृकुटीमण्डपको पुस्तक प्रदर्शनी चिनियाँ कब्जामा, अन्य देशका पुस्तक गायब

    काठमाडौंं - नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा मंगलबारदेखि भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ ।

    कार्यक्रम शनिबारसम्म जारी रहनेछ । प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बंगलादेशसहितलगायत अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको भनिएको थियो । तर अन्य देशका पुस्तक गायब भएका छन् ।

    प्रदर्शनीमा चिनियाँ पुस्तक हाबी भएका छन् । प्रदर्शनीको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

    कार्यक्रममा चिनियाँ राजदूत छन सङ पनि उपस्थित थिए । उदघाटनका दिन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने अपेक्षा व्यक्त गरेका थिए ।

    चिनियाँ राजदूतलाई विशेष प्राथमिकता दिएर बोलाइनुले पनि आयोजक चिनियाँ कब्जामा परेको अनुमान गर्न सकिन्छ । प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथि बनाइएकाले पनि अन्य देशका पुस्तक गायब भएको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रदर्शनीमा चिनियाँ भाषाका पुस्तक धेरै देखिएपछि सयौं पुस्तक प्रेमी अवलोकन गर्न भृकुटीमण्डप जानै छाडेका छन् ।

    नत्र यसअघिका जुनसुकै पुस्तक प्रदर्शनीमा पुस्तक प्रेमीको भीड लाग्ने गथ्र्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ७ २०८०११:००:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend