बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतले पठायो चौथो चरणको भूकम्प राहत सामग्री

भारतले पठायो चौथो चरणको भूकम्प राहत सामग्री

  • मिडिया डबली
  • मंगलवार, मंसिर ५ २०८०

  • 1.6K
    SHARES

  • भारतले पठायो चौथो चरणको भूकम्प राहत सामग्री

    काठमाडौं -भारतले अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथो चरणको भूकम्प राहत सामग्री पठाएको छ ।

    ती राहत सामग्री सोमबार बेलुका नेपाल आइपुगेको र नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।

    नेपाल चिकित्सक संघको मागअनुरुप भारतले राहत सामग्री उपलब्ध गराएको हो ।

    राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् ।

    जाजरकोट भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टनभन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

    ‘छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ,’ भारतीय दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ ।’

    भूकम्प गएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपाललाई चाँडोभन्दा चाँडो राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

    4ce0fbf3-698c-4a11-b06f-20019e67fb81.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ५ २०८००७:४९:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend