बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पूर्वएआईजी नै ‘हनी ट्र्यापिङ’ मा, को हुन् ती महिला ?

पूर्वएआईजी नै ‘हनी ट्र्यापिङ’ मा, को हुन् ती महिला ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ५ २०८०

  • 83.5K
    SHARES

  • पूर्वएआईजी नै ‘हनी ट्र्यापिङ’ मा, को हुन् ती महिला ?

    काठमाडौं - पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको सार्वजनिक गरेपछि अहिले सनसनी मच्चिएको छ ।

    पूर्वप्रहरी अधिकृत नै हनी ट्रयापमा पर्नुलाई सामान्य मानिएको छैन । यसले पछिल्लो समय नेपालमा हनी ट्रयापिक कसरी मौलाइरहेको छ भन्ने प्रस्ट पारेको छ ।

    मंगलबार बिहान र दिउँसो उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केहीबेरमा हनी ट्र्यापरको नाम पनि सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

    ‘मेरो जीवनमा धोका दिने एकजना, नाम सार्वजनिक गर्दै छु,’ उनले बिहान १० बजे लेखेका थिए । त्यसलगत्तै २ः१३ मा अर्को स्टाटसमा चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घन्टामा नाम सार्वजनिक गर्दै छु।’

    केही दिनअघि उनी आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग सुकुटे बिचमा भेटिएका थिए । बरालले चन्दले आफूसँग विवाह गर्ने सहमति गरेको सावृजनिक गरेकी थिइन् ।

    सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि चन्दले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए।

    त्यसपछि बराल आक्रोशित बनेकी इिन् । उनले चन्दले दुईजनाबीच भएको सहमति तोडेको आरोप लगाएकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ५ २०८००३:४३:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend