काठमाडौं -प्रहरीले देशको संघीय राजधानी काठमाडौंबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार राति काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट स्रोत नखुलेको चार लाख नौ हजार रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौंको ठमेल डेरा गरी बस्ने चिनिया नागरिक ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौंको नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का छन् ।
प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा–प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा चाइनिज नागरिक विभिन्न आपराधिक गतिविधिमा सक्रिय भएर लागेका छन् ।
नेपालमा टुरिस्ट भिसामा आउने र अैवध क्रियाकलापमा संलग्न हुने चाइनिज नागरिकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्ने गरेको छ । धेरैलाई डिपोर्ट गर्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।