बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

हाेटलमा खाएकाे दस हजार नतिरेर माओवादी सांसद ईन्द्रजित फरार

हाेटलमा खाएकाे दस हजार नतिरेर माओवादी सांसद ईन्द्रजित फरार

  • मिडिया डबली
  • सोमवार, मंसिर ४ २०८०

  • 6.5K
    SHARES

  • हाेटलमा खाएकाे दस हजार नतिरेर माओवादी सांसद ईन्द्रजित फरार

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री ईन्द्रजित थारुले चुनावका बेला होटलमा कार्यकर्तालाई खुवाएको नास्ता, चिया, खानाको रकम नतिरेर बेपत्ता भएका छन् ।

    दाङको क्षेत्र नं. १ प्रदेश सभा १ का प्रत्यक्षतर्फका तत्कालीन उम्मेदवार थारुले दश हजार रुपियाँ अहिलेसम्म तिरेका छैनन् । एक वर्ष अगाडि अर्थात मंसिर ४ गते भएको चुनावमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थारु निर्वाचित भएका थिए ।

    थारुले चुनावमा आफ्ना कार्यकर्ता र नेताहरुलाई खुवाएको नास्ता र खानाको रकम नतिरेको होटल सञ्चालक बासुदेव जैशीले बताएका छन् ।

    दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाको वडा नं. ३ मा रहेको गौमुखी रेष्टुरेन्ट एण्ड लजमा थारुले दश हजार तिर्न बाँकी छ । एक वर्ष भइसक्दा पनि थारुले रकम तिर्नेतर्फ ध्यान दिएका छैनन् ।

    प्रदेशसभाबाट रकम तिर्न बाँकी रहेको होटल मुस्किलले आधा किलोमिटर मात्रै टाढा छ । सोही होटलको बाटो भएर थारु दैनिक हिँड्ने गर्छन् । रकम तिर्नेबारे सोँचेका पनि छैनन् ।

    दश हजार रुपियाँको पान नम्बर ६१८५९००९४ सहितको बिल जारी भइसकेको होटल सञ्चालक बासुदेव जैशीले बताएका छन् । जैशीले भने, ‘हामी सानो लगानीमा होटल सञ्चालन गरेका हुन्छौँ । गाउँमा हाम्रो लागि दश हजार भनेको ठूलो रकम हो । त्यो रकमको बिल काटिसकिएको छ ।

    ईन्द्रजित थारुज्यू लुम्बिनी प्रदेशका प्रदेशसभामा विजयी भइसक्नुभयो । रकम तिर्नेबारे चासो नै दिनु हुँदैन ।’ होटल सञ्चालक जैशीले पटक पटक प्रदेश सभा सदस्य तथा माओवादीका नेता थारुलाई फोन गरेर बिलको रकमका बारेमा जानकारी गराएका छन् । रकम तिर्नेबारेमा थारुले टेरपुच्छर लगाएका छैनन् ।

    माओवादीका नेता थारुले सिसहनियालगायतका स्थानमा रहेका होटलहरुमा पनि नास्ता र खाना खुवाएवापतको रकम अहिलेसम्म नतिरेको धेरै व्यवसायीहरुको गुनासो छ ।

    माओवादीका नेता थारुले अर्को पटक अर्थात २०८४ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने बताउने गरेका छन् । अहिलेसम्म एक वर्ष अगाडि चुनावका बेला खर्च भएको होटलको रकम नतिरेका थारुले फेरि पनि कार्यकर्ता र नेताहरुलाई उद्यारोमा खाना, नास्ता खुवाएर जित्ने सोँच बनाएका हुन् कि भनेर देउखुरीमा चर्चा हुन थालेको छ ।

    होटलमा रकम नतिरेको विषयमा प्रतिक्रिया लिन लुम्बिनी प्रदेशसभाका सदस्य तथा माओवादी केन्द्रका नेता थारुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

    indrajit_bill.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ४ २०८००६:२०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend