बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सुरक्षित रहेको पुष्टि

विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सुरक्षित रहेको पुष्टि

  • मिडिया डबली
  • सोमवार, मंसिर ४ २०८०

  • 3.3K
    SHARES

  • विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सुरक्षित रहेको पुष्टि

    काठमाडौं -  कञ्चनपुरका विपीन जोशी सुरक्षित र सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले विद्रोही समूह हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा नेपालका जोशी पनि रहेको जानकारी दिएको छ।

    इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपीन जोशीसमेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।

    गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा एक अस्पतालमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

    ‘दक्षिणी इजरायलको किब्बुज अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्री एनपी साउदले कूटनीतिक नियोगबाट प्राप्त सूचनाअनुसार विपीन गाजा क्षेत्रमा बन्धक बनाएर राखिएको अवस्थामा रहेको पाइएको बताएका छन् ।

    ‘हिजो बेलुका प्राप्त सूचनाअनुसार गाजाक्षेत्रमा बन्धक अवस्थामा रहेको र स्वस्थ अवस्थामा रहेको जानकारी प्राप्त भएको छ,ण्द्दज्ञड साउदले भने, ‘उनको मुक्तिका लागि कतार र रेडक्रससँग परराष्ट्र मन्त्रालयले निरन्तर सम्पर्क राखेको छ । इजरायलका परराष्ट्र मन्त्रीसँग पनि बन्धक अवस्थाका विपीनको उद्धारका विषयमा जुम मिटिङ गर्ने तयारी गरिएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ४ २०८०११:५९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend