काठमाडौं - संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन्।

विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

केहि दिन अगाडी मात्र भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको थियो।

भारतीय वायुसेनाको विशेष विमानले ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।