बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रभुराम शर्मापछि भावी सेनापतिमा सिग्देल

प्रभुराम शर्मापछि भावी सेनापतिमा सिग्देल

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 20.9K
    SHARES

  • प्रभुराम शर्मापछि भावी सेनापतिमा सिग्देल

    काठमाडौं - नेपाली सेनाको भावी सेनापतिको टुंगो शुक्रबार नै लाग्ने भएको छ ।

    उमेर विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएसँगै दुईतारे जर्नेल अशोक सिग्देलको बढुवा हुने निश्चित भएको छ । आज बेलुकासम्म पाण्डेको राजीनामा स्वीकृत हुने र सिग्देलले निमित्त बलाध्यक्षको जिम्मेवारी लिने स्रोतले बतायो ।

    नागरिकता विवादमा अख्तियारको निर्देशनपछि जंगी अड्डाले छानबिन थालेपछि पाण्डेले राजीनामा बुझाएका थिए । २०८१ भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुनेगरी लाइन सोझिएको हो ।

    केही दिनअघि सरोजप्रताप राणाले अनिवार्य अवकाश पाएपछि सीताराम खड्काले बलाधिकृतको जिम्मा लिएका थिए । अहिले उनी सेनाको दोस्रो वरीयतामा छन् ।

    खड्काले पुसमा अवकाश पाउने भएका छन् । नागरिकता विवादमा नपरेको भए पाण्डे नै सेनाको कमान्डर इन चिफ हुने थिए । तर अब उनीमाथि कोर्ट मार्सल हुने खतरा बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २४ २०८००४:२९:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend