बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेसका यी मनकारी मेयरले गरे ६ महिनाको तलब भूकम्पपीडितलाई दिने घोषणा

कांग्रेसका यी मनकारी मेयरले गरे ६ महिनाको तलब भूकम्पपीडितलाई दिने घोषणा

  • मिडिया डबली
  • सोमवार, कार्तिक २० २०८०

  • 1.9K
    SHARES

  • कांग्रेसका यी मनकारी मेयरले गरे ६ महिनाको तलब भूकम्पपीडितलाई दिने घोषणा

    काठमाडौँ - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब जाजरकोट भूकम्प पीडित राहत कोषमा दिने घोषणा गरेका छन् ।

    उनले ६ महिनाको सुविधा बराबरको दुई लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतमा दिएको जानकारी दिए । मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँछन् ।

    भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भूकम्पपीडितहरूको पुनस्र्थापना, गाँसवासलगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर सहयोगको घोषणा गरेको जानकारी दिए ।

    उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

    इस्तियाक अहमद खाँ नेपाली कांग्रेसबाट विजयी भएका हुन् । उनले निर्वाचनमा ९ हजार १ सय ३४ मत ल्याएका थिए ।

    उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका थिए । खाँ संविधानसभाका सभासद् हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २० २०८०१०:३८:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend