काठमाडौं - वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको हात भाँचिएको छ ।
शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न क्रममा नगर प्रमुख सिंहको हात भाँचिएको हो ।
नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीचको मैत्रीपूर्ण प्रतियोगितामा ब्याटिङ गर्ने क्रममा लडेर प्रमुख सिंहको हात भाँचिएको हो । सिंहको सचिवालयले उनको दाहिने हात भाँचिएको जनाएको छ ।
रन लिने क्रममा हात भाँचिएपछि उनको नारायणी अस्पतालमा उपचार भएको थियो । मधुमेह र उच्च रक्तचापबाट समेत ग्रसित रहेका सिंहको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।